२०८३ असार ३ गते , बुधबार
सशस्त्र प्रहरीको लिखित परीक्षा दिन पुगेका तीनजना नक्कली परीक्षार्थी पक्राउ
धनकुटा । धनकुटा बहुमुखी क्याम्पसबाट तीन जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरूको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका- ५ का २८ वर्षीय सौहार्द राई, उदयपुरको बेलका नगरपालिका- ७ का २२ वर्षीय योगेन्द्र राई र सोही स्थानका ३२ वर्षीय निशान राई रहेका छन् ।
पौष १७ गते सञ्चालित परीक्षामा प्रवेश पत्र चेकजाँच गर्ने क्रममा योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्रबाट सौहार्द राई नक्कली परीक्षार्थी बनी परीक्षा हलमा प्रवेश गर्न लाग्दा पक्राउ परेका थिए । उक्त परीक्षा हलमा प्रवेशको लागी सहयोग गर्दै गरेको अवस्थामा निशान राई पक्राउ परेका हुन ।
पक्राउ परेका नक्कली परीक्षार्थी सौहार्द राई, आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने योगेन्द्र राई र सहयोगी निशान राई समेत तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान भइरहेको छ ।