२०८३ असार ३ गते , बुधबार

आज राष्ट्रिय टोपी दिवस‚ विभिन्न कार्यक्रम गरी मनाइँदै

sajilo news
पार्थ मण्डल
२०७८ पौष १७ गते , शनिबार
आज राष्ट्रिय टोपी दिवस‚ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय टोपी दिवस मनाइँदैछ। विभिन्न संघ संस्थाहरूले छुट्टाछुट्टै कार्यक्रम गरी टोपी दिवस मनाउन लागेका हुन्।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतिघरमण्डलामा ‘औपचारिक राष्ट्रिय पोशाक दिवस’ मनाउँदैछ। प्रतिष्ठानले ‘हाम्रो शान, हाम्रो स्वाभिमान स् राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने नारासहित २०७० साल पुस १७ गतेदेखि हरेक वर्ष यो दिवस मनाउन थालेको हो।

प्रतिष्ठानको आयोजनामा आज दौरासुरवाल, गुन्युचोली र राष्ट्रिय भण्डासहित उपस्थित भएर र्‍याली गरी माइतीघर मण्डलामा कोणसभा गर्ने कार्यक्रम तय भएको छ। यसबाहेक विभिन्न संस्थाहरुले पनि दिवस मनाउँदैछन्। कोरोना भाइरसको महामारीका कारण कतिपय संघ संस्थाले भर्चुअल माध्यममार्फत् अन्तक्रियात्मक कार्यक्रम आयोजना गरेका छन्।

सम्बन्धित समाचार