२०८३ असार ३ गते , बुधबार

आजदेखि मौसममा सुधार आउने

sajilo news
पार्थ मण्डल
२०७८ पौष १५ गते , विहीबार
आजदेखि मौसममा सुधार आउने

झापा । आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ।  अहिले बिहान भने केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली र हिमपातको सम्भावना छ। दिउँसोदेखि धेरैजसो क्षेत्रमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु वासीले जानकारी दिइन्।

उनकाअनुसार प्रदेश १, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहे पनि ती प्रदेशमा मौसम सफा भइसकेको छ। 

काठमाडौं उपत्यकाको मौसममा पनि क्रमिक सुधार भइरहेको छ। हिजो बिहानैदेखि देशका सबैजसो भूभागमा वर्षा तथा हिमपात भएको थियो। वर्षा र हिमपातका कारण धेरैजसो क्षेत्रको अधिकतम तापक्रम घटेको छ। वर्षापछि मौसम सफा हुँदै जाँदा चिसो थप बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार