२०८३ असार ३ गते , बुधबार
झापाबाट काठमाडौँ हिँडेको बस दुर्घटना, १३ यात्रु घाइते
इनरुवा । इनरुवा ३ सखुवागाछीमा यात्रु बस पल्टिदा १३ जना घाइते भएका छन् । गौरीगञ्ज झापाबाट काठमाडौँका लागि छुटेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा ३ सखुवागाछी खण्डमा पल्टिएको हो । बस पल्टिदा १३ जना घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरू सबैको इनरुवा अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । सुनसरी प्रहरीले चालकले नियन्त्रण गुमाउँदा यात्रु बस दुर्घटनामा परेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बसका चालक मोबाइलमा व्यस्त रहँदाको अवस्थामा दुर्घटना भएको खुल्न आएको छ ।