२०८३ असार ३ गते , बुधबार

चिसो बढेसँगै झापाका कैदीबन्दीलाई रेडक्रसको सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ पौष १४ गते , बुधबार
चिसो बढेसँगै झापाका कैदीबन्दीलाई रेडक्रसको सहयोग
भद्रपुर । चिसो बढेसँगै कैदीबन्दीलाई ध्यानमा राखेर नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जाडोका सामग्री सहयोग गरेको छ । टोलीले बुधवार कम्बल एक सय थान, त्रिपाल २० थान र मेट्रेस एक रोल झापा कारागारलाई सहयोग गरेको हो । 

केही दिन यताबाट जाडो बढेपछि कैदीबन्दीलाई जाडोबाट बचाउन सामग्री सहयोग गरिएको शाखा सभापति लोकराज ढकालले जानकारी दिए । जाडोका सामग्री कारागार प्रशासनले बुझिसकेकोले बिहीबार वितरण गरिने जेलर सावित्री बस्नेतले बताइन् । मङ्गलवार पनि कैदी जीवन बिताइरहेका आफन्तलाई २० थान कम्बल आफन्तले सहयोग गरेको उनले जानकारी दिइन् ।

हाल कारागारमा एक हजार २ सय चौध पुरुष र ३ बालबालिकासहित ७८ जना महिला रहेको कारागार प्रशासनले जनाएको छ । 

सम्बन्धित समाचार