२०८३ असार ३ गते , बुधबार

पाँचथरको फालेलुङमा आगलागी, तीन घर जल्दा करिब ५० लाख रुपैयाँको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ पौष १४ गते , बुधबार
पाँचथरको फालेलुङमा आगलागी, तीन घर जल्दा करिब ५० लाख रुपैयाँको क्षति

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी भएको छ । बुधवार भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेर नष्ट भएका छन् । घरमा रहेका लत्ताकपडा, खाद्यान्न र नगदसहित झन्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मेमेङबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको उनले बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बन्धित समाचार