२०८३ असार ३ गते , बुधबार

झापामा मोटरसाइकल दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष १४ गते , बुधबार
झापामा मोटरसाइकल दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी -४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार दमक नगरपालिका -२ स्थित भाङवारिमा गए राति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो । एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए । उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार