२०८३ असार ३ गते , बुधबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित

sajilo news
पार्थ मण्डल
२०७८ पौष १४ गते , बुधबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ। 

काठमाडौंको चन्द्रागिरीमा पनि हिउ परेको छ। आज दिउँसो देशभरको मौसम सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिइन्।  उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। 

आज राति पनि हल्कादेखि मध्यम वर्षा हुने र देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको हुनेछ।  अहिलेकोे मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने महाशाखाले जनाएको छ। चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउँन महाशाखाले अनुरोध गरेको छ। 

उता मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ। यस्तै‚ हेटौंडाको पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका ४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हिउँ पर्दा हिउँ खेल्न जाने पर्यटकको संख्या बढ्ने गर्दछ।

यस्तै बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा मंगलबार रातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण यहाँका दशरथचन्द राजमार्गसमेत बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। बझाङको बुङगल, जयपृथ्वी नगरपालिका, छविसपाथीभेरा, तल्कोट, साईपाल, मष्टा, खप्तडछान्ना, थलारा, वित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ। जुम्लामा रातिदेखी हिमपात भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाको  जनजीवन प्रभावित भएको छ।

सम्बन्धित समाचार