२०८३ असार ३ गते , बुधबार

दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ पौष १२ गते , सोमबार
दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ पन्चनमा निर्माणधिन ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् आइतबार दिउँसो करिब ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । 

घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए । उनकाअनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ पठाउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

सम्बन्धित समाचार