२०८३ असार ३ गते , बुधबार

निजामती कर्मचारी युनियन झापाको अध्यक्षमा नेम्वाङ्ग

sajilo news
पार्थ मण्डल
२०७८ पौष ११ गते , आईतबार
निजामती कर्मचारी युनियन झापाको अध्यक्षमा नेम्वाङ्ग

(रेवतीराज घिमिरे) भद्रपुर । नेपाल निजामती कर्मचारी युनियन झापाको आठौँ जिल्ला अधिवेशनले निवर्तमान अध्यक्ष कवीन्द्र विक्रम नेम्वाङ्गको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

भद्रपुरमा शनिवार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा ज्ञानु सिवाकोटी, अरुण शाह र उशोदा कोइराला, सचिवमा भानुभक्त भट्टराई ,सह सचिवमा चन्द्र पौडेल र कोषाध्यक्षमा सरोज विक लगायतको २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो 

आगामी ४ बर्षे कार्यकालका लागि गठित कार्य सँगै आगामी माघ ८ गते देखि १० गते सम्म काठमाण्डौमा हुने युनियन केन्द्रीय अधिवेशन प्रतिनिधिहरू क्रमशः रमला बराल, कविराज कोइराला, भूमिबहादुर चेम्जोङ्ग, प्रकाश चौधरी र नारायण दुलालाल लगायतको ५ सदस्यीय केन्द्रीय प्रतिनिधि समेत चयन गरेको  निर्वाचन समिति संयोजक जगत् बहादुर मगरले जानकारी दिए । 

कवीन्द्र विक्रम नेम्वाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि  नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे तथा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संयुक्त रुपमा गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि थेबे, प्रजिअ तिमिल्सिना, युनियन पूर्व केन्द्रीय अध्यक्ष सुबोधकुमार देवकोटा, केन्द्रीय उपाध्यक्ष दीपेन्द्र खत्री, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद दाहाल, आधिकारिक ट्रेड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाईँ , युनियन केन्द्रीय महासचिव सुवासकुमार कोइराला लगायतका युनियन पदाधिकारीहरूले शुभकामना मन्तव्य राखेका थिए । 

सोही अधिवेशनबाट आगामी माघ ८ गते देखि १० गते सम्म काठमाडौंमा सम्पन्न हुन गइरहेको केन्द्रीय महाधिवेशन  प्रतिनिधिहरूमालाई समेत छनौट गरिएको युनियन झापाले जनाएको छ ।

बद्रीकुमार दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत युनियन उपाध्यक्ष रमला बरालले गरेकी थिइन् ।  अधिवेशनमा झापाका अतिरिक्त  मोरङ, सुनसरी लगायतका विभिन्न  जिल्लाहरूबाट समेत युनियन पदाधिकारीहरूको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार