२०८३ असार ३ गते , बुधबार
इक्यान झापाको अध्यक्षमा मिलन ओली
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् ।
इक्यान झापाको शनिवार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निवर्तमान अध्यक्ष सुमान शर्मा जमरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार कार्की र कोषाध्यक्षमा अशोक भण्डारी सर्वसम्मत रुपमा चयन भएका हुन् ।
समितिको सदस्यहरूमा अग्निप्रसाद सापकोटा, रोशन सुवेदी, दीपक बास्तोला र चूडामणि प्रसाईँ सर्वसम्मत रुपमा चयन भएका हुन् । दुई वर्षे कार्यका लागि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको बताइएको छ ।
यसैबिच शिक्षा क्षेत्रको नीतिगत सुधार भएमा विदेशबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल आउने नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको दोस्रो वार्षिक साधारण सभामा बोल्दै उनले शैक्षिक परामर्शदाताहरूले विश्वविद्यालयहरूसँग समन्वय र आवश्यक परामर्श दिने गरेको बताए । त्यस्तै इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्शदाताहरू पछिल्लो समय उत्पन्न विश्वव्यापी कोरोना भाइरसका कारण समस्यामा परेको उल्लेख गरे ।
इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय द्वितीय उपाध्यक्ष शेषराज भट्टराई, सचिव वासुदेव दाहाल, पुष्पराज भट्टराई, आर्यन उप्रेती, खड्ग ताम्लिङ लिम्बू, धर्मेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इक्यानको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । इक्यान झापाका उपाध्यक्ष मिलन ओलीले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश अध्यक्ष जमरकट्टेलले पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मदन बुढाथोकीले गरेका थिए ।