२०८३ असार ३ गते , बुधबार

फोनिज झापाको अध्यक्षमा भूमिका

sajilo news
पार्थ मण्डल
२०७८ पौष १० गते , शनिबार
फोनिज झापाको अध्यक्षमा भूमिका
झापा  । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा भूमिका फियाक निर्वाचित भएकी छन् ।

फोनिज झापा शाखाको छैटौँ अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मङ्सिर २५ गते अधिवेशन उद्घाटन भएको थियो । शनिवार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मतमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सबिना राई ,सचिव तिलक योञ्जन, सहसचिव बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यमा प्रतीक्षा राजवंशी,सुरेश थापा आले मगर,डिल्लीश्वर लिम्बू,एकराज प्रधान ,सुजन प्रधान र धनकुमार लावती रहेका छन् ।

त्यसैगरी प्रादेशिक महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फियाक , कविध्वज राई , सजन राई , सनिला राई , सर्णीमा राई , सुमन बेघा , मिना नेम्बाङ , निरन राई , लीला राई ,। सौरभ मुखिया ए र सौरभ मुखिया बी चयन भएका छन् ।

त्यस्तै संघीय प्रतिनिधिमा देशराज नेम्बाङ , भारती राई , रमेश राई समदर्शी , गणेशमान मुखिया , विशाल नेम्बाङ , यज्ञराज सुब्बा ९विष्णु० र आनन्द गुरुङ रहेका छन् । कमन देवानको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो ।

सम्बन्धित समाचार