२०८३ असार ३ गते , बुधबार

कचनकवलमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

sajilo news
पार्थ मण्डल
२०७८ पौष १० गते , शनिबार
कचनकवलमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
झापा  । दक्षिणी झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ४ निवासी ४० वर्षीय शेषलाल राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार कचनकवल गाउँपालिका- २ स्थित अंगुरभिट्टा सडक खण्डमा शनिवार दिउँसो डब्लुबी ७४ पी ९७१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र मे ४ प ९५०० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दु
र्घटनामा परी सोही ठाउँका २७ वर्षीय शिवलाल माझी, ४४ वर्षीय सजन राजवंशी र ४० वर्षीय शेषलाल राजवंशी घाइते भएका थिए । घाइते मध्ये मे ४ प ९५०० नम्बरको मोटरसाइकलमा सवार शेषलालको उपचारको क्रममा मृत्यु भएको थियो । 

सम्बन्धित समाचार