२०८३ असार ३ गते , बुधबार
निचाझोडा वनको अध्यक्षमा प्याकुरेल निर्वाचित
झापा । सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूह बिर्तामोड–७ को अध्यक्षमा बद्री प्याकुरेल निर्वाचित भएका छन् ।
सम्पन्न मतगणना अनुसार नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका प्याकुरेलले ५९ मत अन्तरले विजयी भएका हुन् । उनले ३८८ मत ल्याउँदा उनका प्रतिस्पर्धी कृष्णप्रसाद लिम्बुले ३२९ मत ल्याए । लिम्बुले नेपाली कांग्रेस र माओवादीको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यस्तै उपाध्यक्षमा अनिल गदाइली ४०६ मतले विजयी भएका छन् । उनका प्रतिस्पर्धी ,सोमनाथ घिमिरेले २९८ मत पाएका छन् ।
त्यस्तै सचिवमा सोही प्यानलकी दिलमाया मादेन विजयी भएकी छन् । उनले ३८४ मत ल्याउँदा अर्को प्यानलकी उम्मेदवार सचिव इन्दिरा अधिकारीले ३१० मत हासिल गरेकी छन् । पदाधिकारी सबैमा एमाले र राप्रपाको प्यानलले जित हासिल गरेको छ भने केही टोल सदस्यमा कांग्रेस र माओवादीको प्यानलले विजयी हासिल गरेको जनाइएको छ ।