२०८३ असार ३ गते , बुधबार

पत्रकार महासंघ झापाद्वारा ३३ औं स्थापना दिवसमा अन्तरक्रिया

sajilo news
पार्थ मण्डल
२०७८ पौष ९ गते , शुक्रबार
पत्रकार महासंघ झापाद्वारा ३३ औं स्थापना दिवसमा अन्तरक्रिया
बिर्तामोड ।  नेपाल पत्रकार महासंघ झापाले ३३ औं स्थापना दिवसका अवसर पारेर शुक्रबार बिर्तामोडमा  ‘अबको पत्रकारिता र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । 
महासंघ झापा शाखाका अध्यक्ष एकराज  गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरू, अग्रज पत्रकार, विभिन्न झापाका पत्रकारका सङ्घ/सङ्गठनका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

महासङ्घले ३३ औं स्थापना दिवस को ३३ वटै मैनबत्ती बालेर उद्घाटन गरेको थियो । स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, कृष्ण हुमागाईँ, मोहनकाजी न्यौपाने, लीला बराललगायतले झापाको पत्रकारिताको स्थापना र आजको पत्रकारिताका चुनौती, अवसर र महासङ्घले गर्नुपर्ने कार्यका विषयमा सुझावसमेत दिएका थिए ।  कार्यक्रममा अग्रज पत्रकार गोपाल गिरी, लक्ष्मण ढकाल, गन्जबहादुर दाहाललगायत जिल्लाका विभिन्न सङ्घ/सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार