२०८३ असार ३ गते , बुधबार
एसएसपी सुशीलकुमार यादव मृत फेला
झापा । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा बिहीबार झुण्डिएको अवस्थामा फेला परेका हुन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
उनले भने, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन ।