२०८३ असार ३ गते , बुधबार

मध्यरातमा जंगली हात्ती धपाउन जाँदा झापामा पाँच जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ पौष ९ गते , शुक्रबार
मध्यरातमा जंगली हात्ती धपाउन जाँदा झापामा पाँच जना घाइते

झापा। कमल गाउँपालिका- ३ स्थित सानो केर्खामा बिहीबार राती करिब ११ बजे उत्तरतर्फको जंगलबाट निस्किएको जंगली हात्ती धपाउन राजमार्गमा निस्किएको समूहका ५ जना एउटै मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र ३–०२–०१४ प ७३५१ नम्बरको मोटरसाइकलले सो ठाउँमा जङ्गलबाट निस्किएको हात्ती धपाउन निस्केका कमल- ३ की ३४ वर्षीया सिता भट्टराई, २२ वर्षीय विक्रम गिरी, २० वर्षीय सुगम भण्डारी र ५० वर्षीय डिल्लीराज रायमाझीलाई ठक्कर दिएर घाइते बनाएको हो ।

उनीहरूको दमकस्थित आम्दा र लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी- १ का २५ वर्षीय सागर गड्तौला गम्भीर घाइते भएका छन् भने पछाडि सवार सोही ठाउँका बिकेश माझी सामान्य घाइते भएका छन् । उनीहरू दुवै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार