२०८३ असार ३ गते , बुधबार

इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा लकान्द्री

sajilo news
पार्थ मण्डल
२०७८ पौष ८ गते , विहीबार
इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा लकान्द्री
झापा। नेपाल शैक्षिक परामर्श संघ इक्यान पूर्वाञ्चल शाखाको अध्यक्षमा   प्रकाश लकान्द्री निर्वाचित भएका छन् ।
इक्यान पूर्वाञ्चल शाखाको धनकुटाको हिलेस्थित माउन्ट होराईजन रिसोर्टमा  भएको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले लकान्द्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्ष  रोशन निरौला ,उपाध्यक्ष दीपक गौतम , सचिव रविकुमार गुप्ता, कोषाध्यक्ष हेम जिवान निरौला रहेका छन् ।
त्यस्तै सदस्यहरूमा  दुर्लभ कार्की ,रोजन थापा,  गोपाल निरौला रहेका छन् । इक्यान पूर्वाञ्चल शाखाका  अध्यक्ष रोशन निरौलाको अध्यक्षता तथा   इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा इक्यानका केन्द्रीय  उपाध्यक्ष शेषराज भट्टराई , केन्द्रीय सचिव वासुदेव दाहाल , केन्द्रीय सहसचिव कर्ण गुरुङ, केन्द्रीय सदस्य पुष्पराज भट्टराई , इक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार संयोजक कमल तिम्सिना , जे सर्टका महेश श्रेष्ठ, इक्यान झापा शाखा प्रतिनिधि नवीनकुमार सिवाकोटीलगायतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको इक्यान पूर्वाञ्चलका उपाध्यक्ष तथा ग्लोबल टच एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक दीपक गौतमले जानकारी दिए । 

सम्बन्धित समाचार