२०८३ असार ३ गते , बुधबार

कानुन व्यवसायीहरू आचारसंहिता विपरीत पैसाको प्रलोभनमा लाग्यो

sajilo news
पार्थ मण्डल
२०७८ पौष ७ गते , बुधबार
कानुन व्यवसायीहरू आचारसंहिता विपरीत पैसाको प्रलोभनमा लाग्यो
(रेवतीराज घिमिरे) भद्रपुर । झापाका कतिपय कानुन व्यवसायीहरूले व्यावसायिक आचारसंहिता विपरीत पैसाको प्रलोभनमा व्यवसाय सञ्चालन गर्ने गरेको झापाका अग्रज कानुन व्यवसायीहरूले बताएका छन् ।
वार एसोसिएसनको ६६ औ तथा झापा बारको ५७ औ स्थापना दिवसको अवसर पारेर एसोसिएसन झापा वारद्वारा चन्द्रगढीमा बुधवार आयोजित कार्यक्रमका बिच सहभागी कानुन  व्यवसयीहरुले नै यस्तो कुरा बताएका हुन् ।
कानुन व्यवसायीहरूले व्यवसायको आचारसंहिता विपरीत गएर सबै कानुन व्यवसायीहरूलाई नै बदनाम गराउने उद्देश्यले कतिपय कानुन व्यवसायीहरूले व्यवसाय गर्न नहुनेमा उनीहरूको जोड दिए ।
पक्षको मुद्दा हेर्ने क्रममा पक्षलाई नै विभिन्न आर्थिक प्रलोभन देखाएर मुद्दामा सेटिङ्ग मार्फत व्यवसाय सञ्चालन गर्दा एशोसियसनलाई नै बदनाम गराउने उद्देश्यले व्यवसाय गर्ने गरेको उनीहरूको भनाई छ ।
 कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता टंक प्रसाद उप्रेतीले झापाका कतिपय कानुन व्यवसायीहरूले व्यावसायलाइ धज्जी उडाउँदै पैसाप्रतिको मोहका कारण कानुन व्यवसायमा विकृति फैलाउने गरेको बताए ।
उनले यस्ता प्रकारका हरकत गर्ने  कानुन व्यवसायीहरूलाई झापा बारले कारबाही गर्दै पक्षसँग गरिने अत्यधिक मात्राको लेनदेनको पैसाको सेटिङ्ग बन्द गराई  झापा वारमा शुद्धता ल्याउनु पर्ने बताए । 
एसोसिएसनका पूर्व अध्यक्ष अशोक कुमार पोखरेलले कानुन व्यवसायीहरू जहिले पनि व्यवसाय प्रति प्रतिबद्ध भएर लाग्नु पर्नेमा जोड दिए । 
 कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका जिल्ला अदालत झापाका मुख्य न्यायधीस गिरीराज गौतमले बार र बेन्च बिचको सम्बद्ध सुमधुर हुनु पर्नेमा जोड दिँदै आफूहरूले अदालतका कमीकमजोरीहरूलाई सच्याउँदै निष्पक्ष न्याय प्रदान गर्नमा अदालत प्रतिबद्ध भएर लाग्ने बताए । 
कार्यक्रममा एसोसिएसन झापाका पूर्व अध्यक्ष लेखनाथ निरौला, कानुन  व्यवसायी कविता शर्मा , वसन्त नेपाल  नारायण प्रसाद भट्टराई लगायतले बोल्दै सम्पूर्ण कानुन व्यवसायीहरूले व्यावसायिक आचारसंहिता भन्दा माथि जान नहुनेमा जोड दिएका छन् । 
एसोसिएसन अध्यक्ष  हरि अधिकारीको अध्यक्षता तथा सचिव हेमकला कट्टेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कानुन व्यवसायी आचारसंहिताका विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष कमला आचार्यले गरेको थियो । 
विगत ३ दिन देखि कानुन व्यवसयीहरुको व्यावसायिक  शुद्धता ल्याउने गतिविधि लगायतका विभिन्न बाह्य र आन्तरिक सरसफाइ लगायतका कार्यहरू गर्दै वार दिवस औपचारिक रुपमा समापन हुने जनाइएको छ । 
   

सम्बन्धित समाचार