२०८३ असार ३ गते , बुधबार
झापामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु
झापा । झापाको मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ५ स्थित शान्तिटोल निवासी ८४ वर्षीया विष्णुमाया दाहाल रहेकी छिन् ।
उनी गत मङ्सिर २८ गते साँझ आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्केर शक्त घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि भारतको सिलुगढी लगिएको थियो । उनको उपचारकै क्रममा आइतबार साँझ मृत्यु भएको मेचीनगर ५ का वडाध्यक्ष योगेन थापामगरले जानकारी दिए ।