२०८३ असार ३ गते , बुधबार
भद्रपुरमा पुस ७ गते स्थानीय बिदा
भद्रपुर । भद्रपुर नगरपालिकाले पुस ७ गते बुधवार स्थानीय बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको सातौँ नगर सभाबाट प्रत्येक वर्ष पुस ७ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउने र उक्त दिन स्थानीय बिदा दिने निर्णय बमोजिम बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो दिन नगरपालिका, वडा कार्यालय तथा कार्यालय मातहत रहेका निकाय विद्यालयहरूलाई पनि बिदा दिएको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले गत आर्थिक वर्ष पुस ७ गते प्रदेश नम्बर १ को पहिलो तथा नेपालको पाँचौँ बालमैत्री नगरपालिका घोषणा गरेको थियो ।