२०८३ असार ३ गते , बुधबार
लेखनाथ पुस्तकालयको अध्यक्षमा अधिकारी
भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीको अध्यक्षमा विरही अधिकारी चयन भएका छन् । लेखनाथ पुस्तकालयको ३६ औ अधिवेशनसहितको वार्षिक साधारण सभाले अधिकारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेका हुन् । समितिको उपाध्यक्षमा हरिप्रसाद न्यौपाने , सचिवमा हरिकिशोर आचार्य, सह सचिवमा गीता सुवेदी नेपाल , कोषाध्यक्षमा गोपाल आचार्य र सदस्यहरूमा गोविन्द कोइराला तथा आरती पोखरेललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक घनेन्द्र शर्माले बताए ।
उद्घाटन सत्रमा प्रमुख अतिथि नवकुमारी खनाल, समाजसेवी हिरा पोखरेल, चूडामणि रेग्मी ,राजेन्द्र चापागाईँ लगायतले मन्तव्य राखेका थिए । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता तथा सहसचिव हरि न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष आरती पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन । संस्थाको वार्षिक प्रतिवेदन घिमिरेले प्रस्तुत गरेका थिए ।