पायो बाह्रदशी जेसीजले स्थायी मान्यता
भद्रपुर । बाह्रदशी जेसीजले नेपाल जेसीजको ४८ औं महाधिवेशनको महासभाबाट स्थायी मान्यता पाएको छ । पोखरामा जारी नेपाल जेसीजको महासभाले बाह्रदशी जेसीजलाई शाखाका रूपमा स्थायी मान्यता दिएको हो ।
मान्यता दिलाउनका लागि अमूल्य सहयोग गर्ने नेपाल जेसीज वर्ष २०२० का अध्यक्ष सिनेटर अशोक शङ्कर, निरूपित कार्यकारिणी उपाध्यक्ष सिनेटर विजय गुरुङ, निरूपित उपाध्यक्ष जेसी गोविन्द पंगेनी उपाध्यक्ष जेसी विशाल थापा लगायत बोर्ड पदाधिकारी, देश भरिका शाखा अध्यक्ष, वर्ष २०२१ का अध्यक्ष सिनेटर अरूनेश्वर खनाल, निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी अरुणकुमार दाहालज्यू, निरूपित उपाध्यक्ष रजनी थापा, लगायत बोर्ड पदाधिकारी, मातृत्व प्रदान गर्ने शाखा सुरुङ्गा जेसीज वर्ष २०२० का अध्यक्ष जेसी त्रिलोचन उप्रेती लगायत सिङ्गो शाखा परिवार, वर्ष २०२१ का अध्यक्ष जेसी यदुका उप्रेती ओलीज्यू लगायत बोर्ड पदाधिकारी, समर्थन गर्ने शाखा कमल नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम बहादुर दाहाल लगायत सिङ्गो शाखा परिवार, वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल ९गोपाल० लगायत प्रति बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठले आभार प्रकट गरेका छन् ।