२०८३ असार ३ गते , बुधबार

बैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २१ गते , मंगलबार
बैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ
झापा । बैङ्किङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १२ का ३३ वर्षीय श्रवणकुमार ठाकुर पक्राउ परेका हुन् । 
सुनसरी जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा २०७७ माघ २६ गते गरेको सजाय फैसलाको आदेश अनुसार ठाकुरलाई तीन दिन कैद र २ लाख ४० हजार जरिवाना तोकेका थिए । सोही फैसला अनुसार ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरबाट खटिएको प्रहरी टोलीले गाउँघरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी  जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरेको जनाइएको छ । 

सम्बन्धित समाचार