२०८३ असार ३ गते , बुधबार
पत्रकार न्यौपानेसहित आठ जनालाई सम्मान
झापा। निर्माण व्यवसायी संघ झापाले एक पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ । संघको १४ औं अधिवेशनको अवसरमा एभी न्युज झापाका सम्वाददाता सन्तोष न्यौपानेसहित व्यवसायीहरूलाई सम्मान गरेका गरेका हुन् ।
पत्रकार न्यौपानेलाई संघको गतिविधिमा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै नगद १० हजार रुपैयाँसहित सम्मान गरेका हुन् । त्यस्तै निर्माण व्यवसायी छत्रप्रसाद अधिकारी, उपेन्द्रप्रसाद सिंह, धर्म खड्का, रामप्रसाद मैनाली, ज्येष्ठ सदस्य कृष्ण सिटौला, मरणोपरान्त सम्मान दीपेन्द्र पोखरेल, साहित्य सिर्जना तुलसी भट्टराईलाई सम्मान गरेका हुन. ।
सङ्घका झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे प्रमुख आतिथ्य रहेको थियो । स्वागत सङ्घका उपाध्यक्ष शरद खनालले गरेको कार्यक्रमलाई महासचिव ओम पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो । भोलि हुने संघको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।