२०८३ असार ३ गते , बुधबार

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २१ गते , मंगलबार
झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका- २ निवासी  ३५ वर्षीय भीमप्रसाद पौडेल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका- १२ मा सोमबार राती पौने ९ बजे को १ त ४०१६ नम्बरको ट्याक्टर बिग्रेर सडक किनारमा रोकी राखेको र मे ९ प ६००३ नम्बरको मोटरसाइकलले सोही ट्याक्टरलाई पछाडि आएर ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटना परी मोटरसाइकल चालक पौडेललाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारको क्रममा राती ११ बजे मृत्यु भएको डिएसपी पाठकले बताए । 

सम्बन्धित समाचार