२०८३ असार ३ गते , बुधबार

इनल व्हील क्लब अफ भद्रपुरको पदस्थापन, तीनजना महिला चालक सम्मानित

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २१ गते , मंगलबार
इनल व्हील क्लब अफ भद्रपुरको पदस्थापन, तीनजना महिला चालक सम्मानित
भद्रपुर । इनल व्हील क्लब अफ भद्रपुरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । भद्रपुरस्थित होटेल एभरेटमा सोमबार आयोजित एक कार्यक्रममा व्हीलको पहिलो पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष कुसुम अधिकारी पराजुलीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उप मेयर चन्द्रमाया श्रेष्ठको विशेष आतिथ्यमा भएको कार्यक्रममा क्लबका गतिविधिहरूको बारेमा प्रकाश पार्दै तीन जना महिला सिटी रिक्सा चालकलार्इ सम्मान गरिएको थियो ।

प्रमीला ढकाल ओझाले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझाले इनर व्हील क्लब भद्रपुरसँगको सहकार्यमा विभिन्न सामाजिक कार्य गर्ने प्रतिबद्धता गरेका छन् । 

सम्बन्धित समाचार