२०८३ असार ३ गते , बुधबार
झापामा एक जनाको डुबेर मृत्यु
झापा । माछा मार्न गएका एक जनाको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार गौरीगंज गाउँपालिका-२ पिण्डानघुटुस्थित खोलामा सोरेन माछा मार्न गएका थिए ।
माछा मार्न गएका सोरेन शनिबार साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए । यता घटना विषयमा इलाका प्रहरी कार्यालय गौरीगंजले थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।