२०८३ असार ३ गते , बुधबार

प्रेस सेन्टर नेपालले आज नयाँ नेतृत्व चयन गर्दै

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १९ गते , आईतबार
प्रेस सेन्टर नेपालले आज नयाँ नेतृत्व चयन गर्दै

झापा । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ। आगामी तीन वर्षे कार्यकालको लागि ३७ पदाधिकारीसहित १९९ जनाको केन्द्रीय समिति बनाउन लागेको हो। पदाधिकारी सहित केन्द्रीय समिति सदस्य सकेसम्म सहमतिमा चयन गर्ने प्रयास भइरहेको छ।

अध्यक्षमा विष्णु सापकोटा बन्ने लगभग पक्का भएको छ भने अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनमा ८०० प्रतिनिधि सहभागी छन्। महाधिवेशनको हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। 

सम्बन्धित समाचार