२०८३ असार ७ गते , आईतबार

निर्मल निवासको नाङ्गो हस्तक्षेप, राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो : कमल थापा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १९ गते , आईतबार
निर्मल निवासको नाङ्गो हस्तक्षेप, राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो : कमल थापा

झापा । राप्रपा नेपालको अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीको नेतृत्व चयनका लागि हस्तक्षेप गरेको आरोप लगाएका छन्। 

थापाले सामाजिक सञ्जालमा मुलुक गणतत्रमय भएको अवस्थामा समेत राजतन्त्रको मुद्दा बोकेर हिँडेको आफुलाई राजनितिक रुपमा समाप्त गर्न पुर्व राजा लागेको आरोप लगाए। थापाले लेखेका छन्। ‘ पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई छ ज्ञानेन्द्र वीर विक्रम शाह देव धन्यवाद। 

मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो।  सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

सम्बन्धित समाचार