२०८३ असार ३ गते , बुधबार

शिवसताक्षीमा नेतृत्व विकास तालिम शुरु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १८ गते , शनिबार
शिवसताक्षीमा नेतृत्व विकास तालिम शुरु
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा शनिवार देखी नेतृत्व विकास तथा सचेतना अभिमुखी करण तीन दिवसीय तालिम सुरु भएको छ । 
नगरको ६ लाख ५० हजार आर्थिक सहयोगमा ११ वटै वडाका आदिवासी जनजातिको नेतृत्व विकास सचेतना सम्बन्धी अभिमुखी करण तालिम सुरु गरिएको आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षीका कोषाध्यक्ष हेमन गुरुङले बताए । ‘हरेक वडामा रहेका आदिवासी जनजातिहरूलाई उनीहरूको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको हो,’उनले भने ।
आदिवासी जनजाति सामुदायिक भवनमा एक कार्यक्रममा आयोजना गर्दे तालिमको उद्घाटन गरिएको हो । आदिवासी जनजाति समन्वय परिषद् झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले तालिमको उद्घाटन गरेका हुन् । उनले सरकारले केही हद सम्म आदिवासी जनजातिका मुद्दाको सम्बोधन गर्न न्यून कार्यक्रम ल्याएको बताए ।
‘हाम्रो माग र लडाइँका आधारमा सरकारले आफूहरूको जीवन स्तर उकास्नका लागि रचनात्मक कार्यक्रम ल्याएको हो । अपेक्षा गरे अनुसारको माग सम्बोधन गर्न सरकारले नसकेपनि हामी सरकारको विवेचना चैँ गर्छौ नै,’ उनले भने ।
तालिमको सहजीकरण आदिवासी जनजाति समन्वय परिषद् झापाका पूर्व सचिव अधिवक्ता शम्भु थापा मगरले गर्ने छन् । ‘शनिवार तालिमको उद्घाटन मात्र गरिएको हो, आयोजक आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षीका अध्यक्ष मणिकुमार माझिले भने, ‘१९ गते वडा नम्बर १, २ र ३ का आदिवासी जनजातिलाई वडा नम्बर २ मङ्गलबारेको वडा कार्यालयको तालिम हलमा , वडा नम्बर ४,५ र ६ का आदिवासीका लागि जनता बजार वडा नम्बर ४ मा २२ देखी २४ गते सम्म तालिम हुने छ ।’
यस्तै वडा नम्बर ८ र ११ का लागि झिलझिलेको किरात भवनमा २५ देखी २७ सम्म र वडा नम्बर ७, ९ र ११ का लागि दुधेको आदिवासी जनजाति भवनमा २९ देखी पुस १ गते सम्म तालिम हुने उनले बताएका छन् । 
आदिवासी जनजाति समन्वय परिषद् शिवसताक्षी नगरका अध्यक्ष मणि कुमार माझीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नवीन लामाले गरेका थिए । कार्यक्रममा थारु कल्याणकारी परिषद्का नगर अध्यक्ष रामदेव चौधरी लगायतले तालिम सफलताको कामना गर्दे प्राप्त सिप र ज्ञानलाई व्यवहारमा उतार्न सहभागीलाई अपिल गरेका थिए ।

सम्बन्धित समाचार