२०८३ असार ३ गते , बुधबार
झापाका एक युवक एक महिनादेखि बेपत्ता
झापा । जिल्लाको बुद्धशान्ति गाउँपालिका- १ स्थित बुधबारे बजारका २८ वर्षीय प्रवीण मगर एक महिनादेखि बेपत्ता भएका छन् ।
मजदुरी गर्न गत कार्तिक ७ गते रामेछाप पुगेका उनी त्यसको भोलि कार्तिक ८ देखि बेपत्ता भएको परिवारले जनाएको छ । रामेछापको उमकुन्द गाउँपालिका २ पुगेका उनी त्यहाँ पुगेको भोलि पल्ट देखि बेपत्ता भएका उनकी आमा पद्मा समाल मगरले जानकारी दिइन् ।
साथीहरूसँग काम गर्ने भनेर मगर रामेछाप गएका थिए । उनकी आमा समालले छोराको खोजी गरिदिन सबैसँग अनुरोध गरेकी छन् । उनी छोरा हराएका दिनदेखि छोरा आउने पर्खाइमा गहभरि आँसु बोकेर बसेकी छन् । उनले छोराको बारे केही जानकारी भए आफ्नो मोबाइल नम्बर ९८२४९४४५२५ मा वा प्रहरीमा खबर गरिदिन अनुरोध गरेकी छन् ।