२०८३ असार ३ गते , बुधबार

बिर्तामोडमा २६० कुकुरको बन्ध्याकरण

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ८ गते , बुधबार
बिर्तामोडमा २६० कुकुरको बन्ध्याकरण
बिर्तामोड । बिर्तामोडमा गत मङ्सिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको बन्ध्याकरण शिविर बुधवार सम्पन्न भएको हो ।  शिविरमा भाले कुकुर ९० र पाथी कुकुर १५२ वटा गरी २६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको जनाइएको छ । शिविरमा सडकबाट उठाएर ल्याइएका १७ वटा सामुदायिक कुकुरलाई भने मारिएको छ ।
क्यान्सर लगायतका रोगबाट पीडित रहेका उनीहरूलाई औषधीको माध्यमबाट मुक्ति दिएको हिमालयन एनिमल रेस्क्यु ट्रस्टका सञ्चालक खगेश्वर भट्टराईले जानकारी दिए । उनले उनीहरूको रोग अन्य कुकुरहरूमा समेत सर्ने भएकाले उनीहरूलाई मुक्ति दिन बाध्य भएको बताए ।
शिविरमा बन्ध्याकरण गरिएका सबै कुकुरहरूलाई रेबिज विरुद्धको खोप समेत लगाइएको छ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुरको सङ्ख्या नबढोस् भनेर विगत ४ वर्षदेखि बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । शिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रस्टका १२ जनाको टोलीले काम गरेको थियो । 

सम्बन्धित समाचार