२०८३ असार ३ गते , बुधबार

भद्रपुर जेसीजद्वारा ११ जनालाई छात्रवृत्ति प्रदान

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ७ गते , मंगलबार
भद्रपुर जेसीजद्वारा ११ जनालाई छात्रवृत्ति प्रदान

(रोहित काफ्ले) भद्रपुर । सामाजिक सेवा कार्यमा क्रियाशील भद्रपुर जेसीजले भद्रपुर क्षेत्रका विभिन्न संस्थागत विद्यालयका जेहेन्दार तथा विपन्न ११ जना छात्रा–छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

भद्रपुर जेसीजले मङ्गलवार जेसीज सप्ताह उद्घाटन तथा जेसी स्व। खगेन्द्र सुवेदीको स्मृति दिवसको अवसर पारेर छात्रवृत्ति प्रदान गरेको हो । भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डेको अध्यक्षतामा भद्रपुर ८ स्थित जेसीजकै सचिवालयको सभा हलमा आयोजित कार्यक्रमका  बिच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

शैक्षिक सामग्री पाउनेमा प्रज्ञा एकेडेमीका सुस्मिता मुर्मु, रविना मुर्मु र लक्ष्मी मुर्मु रहेका छन् भने विभूति विद्या मन्दिरका लक्ष्मी भुजेल, निशा भुजेल र महेश दुलाल रहेका छन् । दुई–दुई जना छनोट गरिएका सिग्मा, मेरीगोल्ड र विदुर इङलिश स्कुलका विद्यार्थी अनुपस्थित रहे पनि उनीहरूलाई ती शैक्षिक सामग्री उपलब्ध गराउने अध्यक्ष पाण्डेले बताए । सैलेश श्रेष्ठ संयोजक रहेको कार्यक्रम महासचिव मनोज भट्टराईले सञ्चालन गरेका थिए । जेसीजले छात्रवृत्ति स्वरूप स्कुल ब्याग र एक वर्षलाई पुग्ने कपी, कलमलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले भद्रपुर जेसीजले सामाजिक सेवा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए भने उपप्रमुख श्रेष्ठ, पूर्व अध्यक्ष हरि घिमिरे, डिल्लीराम पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।जेसीजले यो साताभरि विभिन्न रचनात्मक क्रियाकलापका साथ जेसीज सप्ताह मनाउने जेसीज सप्ताह मूल समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । उनका अनुसार सप्ताहअन्तर्गत रक्तदान, नेतृत्व विकास तालिम, जेसीज अभियान, खेलकुद, जेसजि भिलेज निर्माणजस्ता कार्यक्रम सम्पन्न हुनेछ । भद्रपुर  जेसीजले सप्ताह शुभारम्भकै अवसर पारेर सचिवालयको दोस्रो तलाको ढलाइ पनि गरेको महासचिव भट्टराईले जानकारी दिए । 

सम्बन्धित समाचार