२०८३ असार ३ गते , बुधबार
श्रम ऐन कार्यान्वयनको माग राख्दै विराटनगर भन्सारका श्रमिक हडतालमा
झापा । विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी) मा कार्यरत श्रमिक तथा मजदुरहरूले हडतालको चेतावनी दिएका छन् । आइसिपीले श्रमिक तथा मजदुरहरूलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजवादी कारखाना श्रमिक सङ्घले मङ्सिर १२ गतेदेखि भन्सार ठप्प तथा हडताल गर्ने चेतावनी दिएको हो ।
सङ्घका इकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मङ्सिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए। उनले सङ्घकै अगुवाइमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरू अनुसारका मागहरू राखिएको भए पनि मागको सम्बोधन नभएको बताए ।
समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदार तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बिमा गर्नुपर्ने माग राख्ने राखेका छन् ।
युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीका खटिने मजदुरहरूलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताए । उनले श्रम स्वीकृति नलिई आइसिपीमा विदेशी कामदारहरूलाई लगाइएको समेत बताए ।
आइसिपीमा नेपाल र भारतका गरी करिब ३ सय श्रमिकहरू कार्यरत छन् । श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरूलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हडतालमा जानुपर्ने बाध्यता सिर्जना भएको सङ्घले जनाएको छ । इमेज खबरबाट फोटोपनि