२०८३ असार ३ गते , बुधबार
झापामा टेम्पुको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको मेचीनगरमा अटो टेम्पुको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ स्थित फाईरिङ चोक निवासी ५१ वर्षीय चन्द्र प्रसाद अधिकारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार बेलुका मेचीनगर- ६ मा पूर्वतर्फ जाँदै गरेको मे १ ह ६४५० नम्बरको अटो टेम्पुले पैदल यात्री अधिकारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते अधिकारीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएको र उनको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने अटो र चालक मेचीनगर- ६ नकलबन्दा निवासी ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।