२०८३ असार ३ गते , बुधबार

करेन्ट लागेर एक मजदुरको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ६ गते , सोमबार
करेन्ट लागेर एक मजदुरको मृत्यु
झापा । मोरङमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका ४ स्थित बागमती मोलडिङ्ग उद्योगमा काम गर्ने मजदुर सोही स्थानका ४४ वर्षीय कलरु कुमार खवासको करेन्ट लागेर मृत्यु भएको हो । 
हात खुट्टा धुन भनी सोही फ्याक्ट्रीमा जडान भएको कलको मटर चलाउँदा अचानक करेन्ट लागेर गम्भीर घाइते भएको र उपचारको लागी विराट मेडिकल कलेज गंगाचौक लगिएको थिए । घाइते खवासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार