२०८३ असार ३ गते , बुधबार

सेलिसा उप्रेतीलाई ‘जेसीज अफ द मन्थ अक्टोबर’ को अवार्ड

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ५ गते , आईतबार
सेलिसा उप्रेतीलाई ‘जेसीज अफ द मन्थ अक्टोबर’ को अवार्ड

झापा । वीरता लेडी जेसीजले ‘जेसी अफ द मन्थ अवार्ड’ वितरण गरेको छ । अक्टोबर महिनाको ‘जेसी अफ द मन्थ अवार्ड’ तालिम संयोजक सेलिसा उप्रेतीलाई प्रदान गरिएको छ । गत कार्तिक ६ देखि १३ गते सम्म सञ्चालन गरिएको तालिम मय जेसीज सप्ताह मा तालिम संयोजक उप्रेतीले उत्कृष्ट योगदान र सहयोग पुर्‍याएको भन्दै अक्टोबर महिनाको उत्कृष्ट जेसी अवार्ड प्रदान गरिएको अध्यक्ष स्वस्तिका आचार्यले बताइन्।

सन् २०२० मा जेसिज मा प्रवेश गरेकी सेलिसा नेपाल जेसीजद्धारा आयोजित वतृत्वकला प्रतियोगितामा गत वर्ष नेपाल प्रथम भएकी हुन्। बोर्डका सबैलाई सक्रिय बनाउँदै उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्न वीरता लेडी जेसीजले सन् २०२१ बाट ‘जेसी अफ द मन्थ’ को अवार्ड वितरण सुरु गरेको छ ।

नयाँ सोच र कार्य योजना बमोजिम महिनाभरिको सक्रियता र रचनात्मक कार्यशैलीको मूल्याङ्कन गरी ‘जेसी अफ द मन्थ अवार्ड’ प्रदान गरिएको बताइएको छ । वीरता लेडी जेसीजका अध्यक्ष आचार्यले हरेक महिना बोर्डका पदाधिकारी तथा सदस्य मध्ये एक जना उत्कृष्ट घोषणा गरेर पुरस्कृत गर्दै आएको बताइन् ।

सम्बन्धित समाचार