२०८३ असार ३ गते , बुधबार

आजको मौसम : प्रदेश १ मा हल्का वर्षा र हिमपातको सम्भावना

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ५ गते , आईतबार
आजको मौसम : प्रदेश १ मा हल्का वर्षा र हिमपातको सम्भावना

झापा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आइतबार बिहान प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थान सामान्यतः सफा रहने जल मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

आयतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ। यस्तै, जुम्लाको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार