२०८३ असार ३ गते , बुधबार
झापाबाट ताप्लेजुङ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
झापा । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बाहनन्दे मेची लोक मार्गमा झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको वानटेस ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउँपालिका ९ मधुमल्लाका २७ वर्षीय पुष्प वि.क. रहेका छन् । बिहीबार बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते भएका वि.क. को उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।