२०८३ असार ३ गते , बुधबार

मोटरसाइकल दुर्घटनामा परी सशस्त्रका सइको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी सशस्त्रका सइको मृत्यु

झापा । सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) मृत्यु भएको छ ।  सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा मोरङको डङ्ग्राहास्थित सशस्त्र प्रहरी बल बेस क्याम्पमा कार्यरत सइ सन्तोष बस्नेतको मृत्यु भएको छ । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ब २४३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

बुधबार साँझ ८ : ४५ बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बुको सोलुदूधकुन्ड गाउँपालिका–१ घर भएका बस्नेत गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार