२०८३ असार ३ गते , बुधबार

कारको ठक्करबाट बिर्तामोडमा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २ गते , विहीबार
कारको ठक्करबाट बिर्तामोडमा एक जनाको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा तीव्र गतिमा रहेको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिँदा पैदल यात्री इलामको देउमाई नगरपालिका–६ का ३० वर्षीय आकाश लिम्बूको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । उनलाई राति १० ४० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

सम्बन्धित समाचार