२०८३ असार ३ गते , बुधबार

६ वर्षीय मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ३० गते , मंगलबार
६ वर्षीय मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

झापा । कमल गाउँपालिका २ का मिर्गौला पीडित ६ वर्षीय एक बालकको थप उपचारका लागि कमल गाउँपालिकाको अध्यक्षका प्रत्यासी तथा सामाजिक व्यक्तित्व हुकुमसिंह राईले नगद १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन । मानबहादुरका बुबा गोविन्द र आमा दुग भण्डारीलाई सो नगद सहयोग हस्तान्तरण गरेका हुन ।

करिब ३ महिनादेखि मिर्गौला सम्बन्धि समस्याका कारण उपचाररत ६ बर्षिय बालक मान बहादुर भण्डारीको उपचारका लागि मंगलबार राईले घरमै पुगेर सो सहयोग रकम परिवारलाई हस्तान्तरण गरेका हुन । राईले केही समय अघि आफू अकस्मात भण्डारीको घरमा पुग्दा सहयोग गर्ने प्रतिबद्धता जनाएर फर्किएको स्मरण गर्दै व्यक्तिगत रुपमा स्वैच्छिक रुपले सो सहयोग गरेको उल्लेख गरे ।

उनले आर्थिक र पहुँचको अभावमा कसैले पनि बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित हुन नहुने पनि बताए । शारिरिक रुपमा कमजोर रहेका भण्डारी दम्पतीले उपचाररत छोराको स्वास्थ्योपचारमा प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन । नेपाली कांग्रेसका जिल्ला नेता समेत रहेका राईले हरेक नागरिकले राज्यबाट पाउने स्वास्थ्य उपचार सेवाको पहुँच र उपलव्ता सहज बनाउन स्थानीय सरकारको भुमिका प्रभावकारी हुनुपर्ने बताए ।

उपचाररत ति बालकको स्वास्थ्यमा अहिले क्रमिक सुधार आइरहेको भएपनि पोषणयुक्त खानेकुरा र नियमित औषधि सेवन गर्न चिकित्सकहरुको सुझाव रहेकाले छ भण्डारी परिवारले सहयोगको याचना गर्दै आएको छ ।

सम्बन्धित समाचार