२०८३ असार ३ गते , बुधबार

चन्द्रगढी सामुदायिक वनको निर्वाचनमा १९१८ मत खस्यो

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ३० गते , मंगलबार
चन्द्रगढी सामुदायिक वनको निर्वाचनमा १९१८ मत खस्यो
भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको सम्पन्न निर्वाचनमा एक हजार ९ सय १८ मत खसेको छ । चार वर्षे कार्यकालका लागि दुई हजार दुई सय ९० मतदाता रहेको उपभोक्ता समूहमा एक हजार ९ सय १८ मत खसेको हो ।
६ वटा क्षेत्रमा विभाजित समूहको क्षेत्र नम्बर २ मा ३३५ मत, क्षेत्र नम्बर ३ मा ३९० मत, क्षेत्र नम्बर ४ मा २१७ मत, क्षेत्र नम्बर ५ मा २०६, क्षेत्र नम्बर ६ मा ३५० मत र क्षेत्र नम्बर ९ मा ४२० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनका लागि दुई वटा समूहले उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धामा गरेका थिए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा सङ्घीय समाजवादीको संयुक्त गठबन्धनको नेतृत्व गर्दै पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराई र नेकपा एमाले र राप्रपाको गठबन्धनमा पूर्व उपाध्यक्ष चूडामणि मैनालीको नेतृत्वमा प्यानल नै खडा गरेर प्रतिस्पर्धा गरेका छन् ।

सम्बन्धित समाचार