२०८३ असार ३ गते , बुधबार
इलाममा दुई विद्यार्थी नेता गिरफ्तार, जिल्ला सचिव प्रहरी घेरामा
इलाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको आजको बन्दमा सडकमा निस्किएका इलामका दुई विद्यार्थी नेतालाई प्रहरीले बिहानै गिरफ्तार गरेको छ । गिरफ्तारीमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विनोद मगर र विद्यार्थीका इलाम उपाध्यक्ष मगेस राना रहेका छन्,।
त्यस्तै बन्दमा सडकमा निस्किएका नेकपा इलामका जिल्ला सेक्रेटरी मौसमलाई सशस्त्र प्रहरीले कब्जामा लिएर सडकमै राखेको नेकपाले जनाएको छ । प्रहरीले विद्यार्थीलाई लखेट्दा एक जना विद्यार्थी र सशस्त्र प्रहरीका इन्स्पेक्टर सामान्य घाइते समेत भएको नेकपा इलामले पुर्विगर्जनलाई जानकारी दिएको छ।
इलाम सदरमुकामको मुख्य बजार ठप्प छ भने मेची राजमार्ग अन्तर्गत इलाम खण्डमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । प्रहरीले स्कर्टिङ्ग गरेर गन्तव्यमा पुर्याउने आश्वासन दिँदा समेत सवारी साधन प्रयोगकर्ताले चलाउन मानेका छैनन् । अहिले सम्म शान्तिपूर्ण नै रहेको बन्दलाई अवज्ञा गरिए सशक्त प्रतिरोध गरिने नेता विद्रोहीले बताएका छन् ।