२०८३ असार ३ गते , बुधबार

मुगुमा भीषण आगलागी, २१ घर जलेर खरानी

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ३० गते , मंगलबार
मुगुमा भीषण आगलागी, २१ घर जलेर खरानी

सुर्खेत । मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गएराति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ।

ठिङने लामाको घरमा पूजाका लागि जलाएको बत्तीबाट आगलागी भएको प्रहरीले जनाएको छ। अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो भने नियन्त्रणमा आइनसकेको  प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले  जानकारी दिए।

उनले भने, ‘आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानविय क्षति भने भएको छैन्।’ अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनको भनाइ छ।


सम्बन्धित समाचार