२०८३ असार ३ गते , बुधबार

झापामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २९ गते , सोमबार
झापामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु

झापा ।  झापामा स्कर्फियो गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शिवतसाक्षी नगरपालिका- १० निवासी ७१ वर्षीया ललिता कटुवाल रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार  शिवसताक्षी १० स्थित माइधरको भित्र सडक खण्डमा दक्षिणबाट उत्तर जाँदै गरेको को १ च ७४१६ नम्बरको स्कर्फियो गाडीले पैदल यात्री कटुवाललाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता गाडी र गाडी चालक इलामका पूर्ण खतिवडालाई इलाका प्रहरी कार्यालय  झिलझिलेले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार