प्रेस सेन्टर झापाको अध्यक्षमा पुनः झुलन रेग्मी
झापा । प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा पुनः झुलन रेग्मीलाई निर्विरोध चयन गरेका छन् । झापाको सुरुङ्गामा सोमबार भएको विस्तारित भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई निर्विरोध चयन गरेका छन् । २१ सदस्यीय जिल्ला समितिको सदस्यहरूमा होमप्रकाश अधिकारी, दिलीप थापा, गोविन्द ल्वागुन, पूजन आचार्य, सविन खतिवडा, सुमित भण्डारी, केशव चापागाईँ, आइपी भट्टराई, अनिता विष्ट, प्रतिभा पौडेल, भोलानाथ तिम्सिना, चूडामणि तिम्सिना, शर्मिला पुरी र प्रेमयम्फु राई चयन भएका छन् । सङ्गठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य विमल लामिछानेले विधान तथा आसन्न प्रदेश तथा केन्द्रीय सम्मेलनका विषयमा जानकारी गराएका थिए ।
सङ्गठनका सह–संयोजक पार्थ मण्डलले स्वागत तथा सचिव उद्धव पुरीले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका संयोजक मणिकुमार साम्पाङ ९विजय० ले परिवर्तनको पक्षमा कलम चलाउन आग्रह गरे । कार्यक्रममा सङ्गठनका प्रदेश सम्मेलन आयोजक समितिका सदस्य डन्डीराज घिमिरे ९विवेक० ले निर्वाचन मण्डलको भूमिका निर्वाह गर्दै सांगठानिक विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश आयोजक समितिका सदस्य तथा पत्रकार महासंघ झापा सचिव डिकेश लामा, पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीलगायतले मन्तव्य राखेका थिए । यसैबिच, नयाँ समिति बनेसँगै बसेको पहिलो बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकले प्रदेश तथा केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । सङ्गठनको प्रदेश सम्मेलन मङ्सिर ७ गते विराटनगरमा हुँदैछ । केन्द्रीय सम्मेलन मङ्सिर भित्र गर्ने गरी तयारी थालिएको छ ।
बैठकले प्रदेश प्रतिनिधिको रुपमा पार्थ मण्डल, पुष्प खड्का, पुकारचन्द्र राजवंशी, गोविन्द ल्वागुन, आइपी भट्टराई र भोलानाथ तिम्सिनालाई पठाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय प्रतिनिधिमा लीलाराज झापाली, डिकेश लामा, सुश्मा कुमाल र चिरञ्जीवी घिमिरेलाई छनौट गरेको छ ।