२०८३ असार ३ गते , बुधबार

विप्लव कार्यकर्ताद्वारा झापामा एक घण्टा चक्काजाम

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २८ गते , आईतबार
विप्लव कार्यकर्ताद्वारा झापामा एक घण्टा चक्काजाम

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई पुलमा एक घण्टा चक्काजाम गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थ लगायतका अन्य उपभोग्य वस्तुमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत नेकपा झापाले आइतबार एक घण्टा चक्काजाम गरेको हो । चक्काजाम कार्यक्रम पश्चात् कोणसभालाई सम्बोधन गर्दै नेकपा झापाका जिल्ला सचिव प्रशान्तले ३० गतेको नेपाल बन्द सफल बनाउन आम जनसमुदायलाई अपिल गरेका छन्।

नेपाली श्रमजीवी जनताको ढाड सेक्ने गरी मनोमानी ढङ्गले राज्यले पेट्रोलियम पदार्थ लगायत अन्य खाद्य सामग्रीमा गरेको चरम मूल्यवृद्धि खारेज गराउन आफूहरूले नेपाल बन्द आह्वान गरेको पनि उनले बताए । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि २५ गतेदेखि नेकपाले देशव्यापी रूपमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

सम्बन्धित समाचार