२०८३ असार ३ गते , बुधबार

बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँ सम्मानित

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २६ गते , शुक्रबार
बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँ सम्मानित

बिर्तामोड । पूर्वकै अत्याधुनिक सुविधा सम्पन्न झापाको बिर्तामोडस्थित बीएन्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक एवम् कार्यकारी निर्देशक दुर्गा प्रसाईँ सम्मानित भएका छन् ।

बिर्तामोड ४ स्थित सुरन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले संस्थाको दसौँ वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य सेवी एवम् उद्यमी प्रसाईँलाई शुक्रबार सम्मान सम्मान गरेको हो  । स्थानीय गोमेन्द्र महाविद्यालयको सभा हलमा आयोजित विशेष समारोहका बिच केन्द्रका अध्यक्ष उक्तमख खनाललगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले माला पहिराएर, दोसल्ला ओढाई संयुक्त रुपमा सम्मा गरेका थिए ।

प्रसाईँले पूर्वमै सबैभन्दा ठुलो र सुविधा सम्पन्न हस्पिटल स्थापना गरी सुविधायुक्त स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याएको, झापामै हजारौँ रोजगारी सिर्जना गरेको अनि सामाजिक सेवा कार्यमा पनि उत्तिकै योगदान पुर्‍याउँदै आएकोले सुन्दर सामुदायिक सेवा केन्द्रले सम्मान गरेको अध्यक्ष  खनालले जानकारी दिए ।

केन्द्रका सचिव लक्ष्मी गौतमले सञ्चालन र उपाध्यक्ष सञ्जवि चापागाईँले स्वागत गरेको समारोहमा क्षितिज नाटरय समूह झापाका अध्यक्ष माधव कल्पित सामुदायिक प्रहरी सेवा केन्द्र दुधेका अध्यक्ष छत्रबाबु ओझालगायतले शुभकामना मन्तव्य राख्दै उद्यम र सेवा कार्यमा लागिरहन प्रेरणा मिलोस् भन्दै प्रसाईँलाई बधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा प्रसाईँले आफू सानैदेखि फरक र चुनौतीपूर्ण काम गर्न रुचाउने भएकोले स्वास्थ्य क्षेत्रजस्ता चुनौतीपूर्ण क्षेत्र रोजेको बताउँदै बीएन्डसी र पूर्वाञ्चल हस्पिटललाई थप अन्तर्राष्ट्रियकरण स्वास्थ्य प्रतिष्ठान बनाउन लागिपरेको उल्लेख गरे । उनले इच्छाशक्ति भए ठूल्ठुला काम पनि गर्न सकिँदो रहेछ भन्ने अनुभव आफूले सँगालेको बताउँदै आफ्नो इच्छा कोही नेपालीले उपचार नपाएर ज्यान गमाउनुपर्ने अवस्था नहोस् भन्ने रहेको सुनाए ।


सम्बन्धित समाचार